बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूकाे बैठक जारी
२७ भदौ,काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटमा सहमतिको प्रयास गर्ने नेताहरूले बताएका छन् ।
बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरी शुरु भएको हो । जारी बैठकमा शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु पनि सहभागी छन् । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको बेला पटक-पटक नेताहरु छलफलमा जुटिरहेका हुन् ।
एक नेताका अनुसार गठबन्धनमै नबस्ने अडानमा रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समेत मिलेर जान तयार भएपछि शीर्ष नेताहरुले सिट संख्या समझदारी बनाएका हुन् ।
तर, त्यो सहमति दशैँ पछि मात्र सार्वजनिक गर्ने तयारी छ।यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको थियो । कार्यदलले सहमति जुटेका र जुट्न बाँकी विषयलाई समेत समेटेर शीर्ष नेतालाई सुझाव दिएको छ । आगामी असोज २ गते समानुपातिक तर्फको मनोनयन गर्ने दिन नजिकिदै गर्दा सत्तारुढ दललाई सिट बाँडफाँट गर्न सकस परिरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply