आयोगले तोकेको खर्चको सीमा हेरफेर हुँदैन : प्रमुख निर्वाचन आयुक्त

२७ भदौ, काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा विभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पारे । नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरू नै खर्चको सीमामा असन्तुष्ट देखिएको उनले बताए ।
थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरूको खर्च पनि सबै दलले नै व्यहोर्ने व्यवस्था भए झन उचित हुने जिकिर गरे । निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने गरी खाका तयार गरिरहेको उनले बताए ।
त्यस्तै उनले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहँदा वा नरहँदा फरक हुने देखिएकाले समस्या हुने गरेको धारणा राखे । उनले मन्त्री मात्रै नभई कोही सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पनि निर्वाचन प्रचार गर्न नपाउनेमा आयोग प्रष्ट रहेको बताए । निर्वाचन आचारसंहिता उल्लंघन गरेको प्रमाण फेला परे आयोगले आवश्यक कारवाही गर्ने उनले बताए ।
त्यस्तै उनले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरी निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिए । बैठकमा समिति सदस्यहरूले निर्वाचन खर्च, प्रचारप्रसार लगायतका विषयमा आयोगले गरेको व्यवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply