चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता
२८ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनमा आज बिहान तिमिल्सिना र चान्सुबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सोमबार नेपाल आएका चान्सुले सोही दिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए ।
चार दिने नेपाल भ्रमणमा आएका चान्सुले यहाँ रहँदा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सोही अनुसार आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम तय भएको छ । त्यसअघि पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र प्रचण्डलाई भेट्ने कार्यसूची छ ।
सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका चान्सु बिहीबार फर्किनेछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply