संविधान दिवसको अवसरमा एमालेको पदयात्रा

१ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै उपत्यकामा वाकथन (पदयात्रा) निकालेको छ । उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा शुरू भएको पदयात्रा बसन्तपुर पुगेर समापन भएको हो ।
‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण- संविधान र लोकतान्त्रिक गणतन्त्र’ नाराका साथ फरक शैलीमा ‘वाकथन’ कार्यक्रम गरेको हो । संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका थिए ।
नयाँ बानेश्वरबाट पदयात्राको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बसन्तपुरमा पुगेपछि सम्बोधन गरेका थिए । उनले सात वर्षको अवधिका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधारको क्षेत्रमा असाधारण काम गरेको उल्लेख गरेका छन् । उनले समावेशी लोकतन्त्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेलेको बताए । संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान-२०७२’जारी भएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply