३ आश्विन २०७९, सोमबार १३:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बादल पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा

३ असोज, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।
एमालेले सोमबार साँझ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाएको छ, जसमा पदाधिकारीहरु छैनन् । तर उपाध्यक्ष बादलकी पत्नी नैनकलाको नाम समावेश छ ।
यो पटक समानुपातिक उम्मेदवार छनोटमा एमालेले यसअघि अवसर पाएका र पछिल्ला चुनावमा उम्मेदवार बनेकाहरुलाई समानुपातिकको बन्दसूचीमा नराख्ने मापदण्ड बनाएको छ । यो मापदण्डले राष्ट्रियसभा उपचुनाव हारेका बादल स्वतः सूचीबाट बाहिरिए ।
तर एमालेले उनीकी पत्नी नैनकलालाई समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ ।
उमा कोइराला, शान्ति खनाल, सुनिता बराल, मेनका पछाइ, भक्तकुमारी लामा, दीपा शर्मा, क्रान्ति बुर्लाकोटी लगायत पनि एमालेको बन्दसूचीमा अटाएका छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply