कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा. शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता-कार्यकर्ता धर्नामा बसेका छन् ।
सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाह विनै सूची बनाएको, एकलौटी र एक पक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।
कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा कोइराला समूहका १३ जना मात्रै परेपछि सो पक्षका नेता कार्यकर्ता आन्दोलित भएका हुन् । कोइराला समूह एमालेसँग मिलेर चुनावमा जान सक्ने देखिएपछि देउवा पक्ष लचक बनेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply