एमालेका बागीहरु स्वतः निष्काशित, प्रस्तावक र समर्थकलाई पनि कारबाही
२७ असोज,काठमाडौं । नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेद्वारहरु स्वतः पार्टीबाट निष्काशित हुने भएका छन् । उम्मेदवारी दिने मात्रै नभएर उम्मेद्वारलाई प्रस्ताव गर्ने र समर्थन गर्ने पनि निष्काशित हुने पार्टी उपप्रमुख तथा प्रचारप्रसार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ‘हाम्रो पार्टी नेकपा (एमाले) का उम्मेद्वारहरूका विरुद्धमा उम्मेद्वारी दिने, समर्थन र प्रस्ताव गर्नेहरू कमिटी / पार्टी सदस्यहरू स्वतसः पार्टीबाट निष्काशित हुने नीतिगत निर्णय यसअघि नै भइसकेको छ र यस सम्बन्धमा थप निर्णय गरिरहनु पर्ने छैन । पार्टी कमिटी र सदस्यबाट उनीहरूको अभिलेख सम्बन्धित कमिटीहरूले हटाउने छन् ।
रिजालका अनुसार स्थायी कमिटी सदस्य घनश्याम भुसाल,प्रभु साह र केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरीले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उनीहरु स्वतः अब एमालेको केन्द्रीय कमिटी लगायत साधारण सदस्यबाट निष्कासनमा परेका छन् ।
भुसालले रुपन्देही क्षेत्र नम्बर १ मा बागी दिएका छन् भने साहले रौतहटमा३ ३ मा । उनीहरुलाई सत्ता गठबन्धनले सघाउँदैछ । त्यस्तै कुशवाह रौतहट ३ मा प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार छन् भने गंगा थारुले दाङ १ मा बागी दिएकी छन् । त्यस्तै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं ७ मा बागी दिएका छन् । यीबाहेक अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले एमाले छाडेर माओवादीबाट दैलेखेका प्रदेश सभाको उम्मेदवारी दिएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply