माओवादी छाडेर एमाले प्रवेशको क्रम बढ्यो, चितवनका सहइन्चार्ज रेग्मी एमाले प्रवेश
१० कात्तिक, काठमाडौं । चुनाव नजिकिदै जाँदा नेकपा माओवादी नेताहरु भकाभक एमाले प्रवेश गर्ने लरह चलेपछि चितवनबाट गोर्खातिर प्रचण्ड भागेको महिना दिन नपुग्दै अर्का माओवादी नेता एमाले प्रवशे गर्नुभएको छ ।
आज माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी एमाले प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा रेग्मीसहित माओवादीनिकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमाले प्रवेश गरेको एमाले वागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिनुभयो । यसअघि माओवादीकै जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार एमाले प्रवेश गर्नु भएको थियो । परियार र रेग्मीको प्रवेशसँगै माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज र सहइन्चार्जविहीन भएको छ ।
एमाले प्रवेश गरेका रेग्मी माओवादी वागमती प्रदेश कमिटीको सचिवालय सदस्यसमेत हुन् । पत्रकार नेता पोखरेल पनि वागमती प्रदेश कमिटीका सदस्य हुन् । रेग्मीले यसअघि माओवादी केन्द्र चितवनको पटकपटक जिल्ला सचिव, काठमाडौं र ललितपुरको समेत पार्टी सचिवको जिम्मेवारीम हुनुहुन्थ्यो । माओवादी केन्द्र ‘दाहाल एण्ड कम्पनी’ को रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिष्ट आन्दोलनलाई थप क्षति र बर्बादी हुने भन्दै रेग्मीले आफूहरू कम्युनिष्ट आन्दोलनका मूल धार एमालेमा समाहित भएको बताउनुभयो ।
पार्टी प्रवेश गर्ने कार्यक्रममा माओवादीबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्य यमबहादुर परियारलगायतको उपस्थिति थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply