थुनछेक बहसका लागि सन्दिपलाई लगियो अदालत
१५ कात्तिक, काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको हो । न्यायाधीश घिमिरेको इजलासले सन्दीपको बयान लिइरहेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिएका छन् ।
बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दिप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौमा सोमबार मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेका अनुसार सन्दिपविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ अनुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग दावी गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
दाहालका अनुसार आज न्यायाधीश समक्ष बयान हुने र बयान सकिनासाथ मंगलबार नै थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहस सकिएपछि अदालतले उनलाई धरौटिमा छुट्ने या थुनामै राख्ने निर्णय गर्नेछ । लामिछाने विदेश रहेका बेला गत भदौ २१ गते जबरजस्ती करणीको आरोप लागेको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दिपले आफूलाई जबरजस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी बृत गौशालामा उजुरी गरेकी थिइन् ।
जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए । प्रहरीले प्रक्राउ पूर्जी जारी गरी उनलाई प्रक्राउ गर्नको लागी इन्टरपोलसँग आग्रह गरेको थियो । जाहेरी परेको करिब १ महिनापछि असोज २० गते सन्दिप नेपाल फर्किएका थिए । प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply