एमाले अध्यक्ष ओलीले दार्चुलाबाट कात्तिक १८ मा चुनावी सभा सुरु गर्ने
१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका उम्मेदवारहरूलाई मत माग्न सातै प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने भएका छन् । कात्तिक १८ गतेबाट चुनावी सभा सुरु गर्न लागेका अध्यक्ष ओली मङसिर १ मा अन्तिम चुनावी सम्बोधन गरेर विश्राम लिने तयारीमा रहेका छन् ।
मङसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गरेलगत्तै अध्यक्ष ओली देशभरका चुनावी सभामा सम्बोधन गर्न पुग्ने भएका हुन् । अध्यक्ष ओलीले कात्तिक १८ गते सुदुरपश्चिमको दार्चुलामा हुने सभाबाट सम्बोधनको सुरुवात गर्ने र मङसिर १ मा प्रदेश १ पुगेर सक्ने तयारी भएको एमाले नेताहरुको भनाइ छ ।
‘अध्यक्षले कात्तिक १८ गते दार्चुलाको चुनावी सभालाई सम्बोधन गरेर चुनावी अभियानको शसक्त सुरुवात गर्नूहुनेछ’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘मङसिर १ गते प्रदेश १ को सम्भवत मोरङ पुगेर टुंग्याउने गरी कार्यक्रमको तयारी छ ।
प्रचार विभाग उपप्रमुख रिजालका अनुसार अध्यक्ष ओलीले कुन कुन जिल्लाका कुन कुन स्थानमा हुने सभालाई सम्बोधन गर्ने भन्ने कुरा जिल्लाका नेता तथा उम्मेदवारहरुसँग छलफल भइरहेको र कार्यक्रम तालिका बनिरहेको बताए । अध्यक्ष ओली स्वयं झापा ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् ।
‘कार्यक्रमको पुरै सेडयुल बन्ने क्रममा छ । तर सुरु र अन्तिम सभाको मिति टुंगिएको छ, उनले भने, अध्यक्षले सम्बोधन गर्ने सभामा अन्य शीर्ष नेताहरु पनि सम्भव भएसम्म सहभागी हुनुहुन्छ ।’अध्यक्ष ओली निकट नेताहरुका अनुसार एक दिन कम्तिमा चार पाँच वटा सभा भ्याउनेगरी कार्यक्रम बनिरहेको छ ।
एमालेले प्रतिनिधि सभातर्फ १६५ मध्ये १४४ स्थानमा पार्टीका उम्मेदवार बनाएको छ भने केहीमा अन्य पार्टीसँग तालमेल गरेका उम्मेदवारहरुलाई सघाउने सहमति गरेको छ । खासगरी सत्ता गठबन्धन र एमाले गठबन्धनका उम्मेदवारबीच मङसिरको निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply