ओलीको अपिल- देशको भविष्य कसको हातमा सुम्पिने ? स्पष्ट निर्णय गर्ने बेला आयो
३० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका मतदातालाई देशको भविष्य शेरबहादुर देउवाको हातमा सुम्पिने कि आफ्नो हातमा भन्ने प्रश्न गरेका छन् ।
निर्वाचनको पूर्व सन्ध्यामा मतदातालाई भिडिओ सन्देशमार्फत ओलीले अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने भन्ने स्पष्ट निर्णय गर्ने बेला आएको बताएका छन् । अध्यक्ष ओलीले भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झिन आग्रह समेत गरेका छन् ।
ओलीले भनेका छन्- अब स्पष्ट निर्णय लिने बेला आएको । अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने रु शेरबहादुर देउवाको हातमा कि मेरो हातमा रु त्यसैले भोट हाल्नुअघि दुई भविष्य सम्झिनुहोला,पहिलो आफ्नै भविष्य र दोस्रो छोराछोरीको भविष्य ।
ओलीले यो गठबन्धन रहिरहे मुलुक बरबाद हुने र जनताका तथा देशको भविष्य समेत बरबाद हुने भन्दै एमालेलाई जिताउन अपिल गरेका छन् । उनले आफू पटक पटक मृत्युको मुखबाट फर्किएकाले देश र जनताको समृद्धिबाहेक अरू कुनै स्वार्थ नरहेको समेत प्रष्ट पारेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply