ताप्लेजुङमा योगेश भट्टराईकाे शुरुवाती अग्रता
६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेका छन् । गणना भएको १ सय ९ मतमध्ये ४ मत बदर भएको छ । जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना शुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभातर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिइन् । उनका अनुसार पहिला प्रतिनिधिसभातर्फको गणना सकिएपछि प्रदेशसभातर्फको गणना शुरु गरिने छ ।
जिल्लाका दुर्गम तथा हिमाली भेगका मतपेटिका आज बिहान मात्र सदरमुकाम ल्याइपुर्याइएको थियो ।
फाक्ताङलुङ गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारीसाधनमा हुँदै आज बिहान मात्र ल्याइपुर्याइएको थियो । यहाँ कुल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच छन् । दुई वटा अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्रबाट ४८ हजार तीन सय ५५ जना मतदाताले मतदान गरेको बताइएको छ ।
प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)क ा योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकी (पराग) बीच मुख्य प्रतिस्पर्धा छ । भट्टराई यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका केशव दाहाललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका थिए । बुढाथोकी भने पहिलो पटक गठबन्धनका तर्फबाट निर्वाचनमा होमिएका हुन् ।
यस्तै प्रदेशसभा क्षेत्र १ मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यता प्रदशसभा क्षेत्र २ भने एमालेका गोपाल थोप्रा र गठबन्धनबाट कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । प्रतिनिधिसभा र प्रदेशसभामा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply