समानुपातिकमा एमाले-कांग्रेसले चार लाख नघाउँदा, नेकपा एसको हरिबिजोग (सूचीसहित)
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले चार लाख मतभन्दा बढी मत ल्याएको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्यांकअनुसार एमालेले चार लाख ५४ हजार चार सय ९ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले चार लाख १८ हजार एकसय ९७ मत ल्याएको छ ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३५ हजार ८ सय ७ मतसहित तेस्रो स्थानमा रहेको छ । यस्तै नेकपा माओवादी केन्द्रले एक लाख ९३ हजार ६ सय १६ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २४ हजार ६ सय ६७, जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय ३१, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ६२, जनमत पार्टीले २८ हजार ५ सय ८७, नेकपा एकीकृत समाजवादीले २८ हजार ४ सय ४४ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार ९ सय ७२ मत ल्याएको छ । विभन्नि साना दलहरुको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजारभन्दा बढी मत ल्याउनु पर्छ ।
प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने

Leave a Reply