चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन
१४ मंसिर, काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।
चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा उदाएका नेता हुन् । सन् १९२६ को १७ अगस्टमा जन्मिएका उनी तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका थिए । उनीभन्दा अघि चाओ चियाङ पार्टीका महासचिव थिए ।
सन् १९४६ मा सीपीसीको पार्टी सदस्यता लिएका उनले संघाई विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका थिए । केही समय चीनका उद्योगहरूमा काम गरेका उनले सन् १९५५ मा सोभियत युनियनबाट इलेक्ट्रिक सम्बन्धी थप तालिम समेत लिएका थिए ।
इलेक्ट्रिक अनुसन्धातासमेत रहेका उनी सन् १९८० मा आयात तथा निर्यात राज्यमन्त्री बनेका थिए । त्यसको दुई वर्षपछि उपमन्त्री बनेका उनी उक्त कार्यकालको अन्तिमतिर मन्त्री नै बनेका थिए । चीनले गरेको विकासमा उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।
उनी त्यहीबीचमा सन् १९८२ मा मार्टीको केन्द्रीय सदस्य बने भने १९८५ मा संघाईको मेयर र १९८७ मा पार्टी राजनीतिक ब्यूरो सदस्य बनेका थिए । पार्टीको नेतृत्वमा पुगिसकेपछि उनले सन् १९९३ मा चीनको शक्तिशाली मानिने केन्द्रीय सैन्य आयोगबाट देङ स्यावो पिङ हटेपछि उनी त्यसको पनि अध्यक्ष बनेका थिए । सन् १९९७ मा देङ स्यावो पिङको निधन भएपछि उनी चीनका सर्वोच्च नेता बनेका थिए ।
उनी सर्वोच्च नेता भएपछि नै चीनका तीन लाखभन्दा बढी उद्योगहरूमाथि सरकारको एकाधिकारलाई खुकुलो बनाउँदै निजीकरणमा लैजाने योजनाको सुरू भएको बताइन्छ ।
यससँगै अमेरिकासँग रहेको चीनको तिक्तापूर्ण सम्बन्ध सुधारमा पनि चियाङको महत्वपूर्ण भूमिका रहेको थियो । उनी सन् १९९७ मा सम्पन्न चीन–अमेरिका सम्मिटमा सहभागी भएर चीनका विषयमा उठिरहेको मानवअधिकारको विषयमा बोलेका थिए ।
उनी सन् २००२ सम्म पार्टीको नेतृत्वमा रहे भने २००३ सम्म चीनको राष्ट्रपति पदमा रहेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply