बाजुरा : अन्योलमा मतगणना, एमालेलाई बोलाएर आज पनि सर्वदलीय बैठक
१५ मंसिर, काठमाडौं ।बाजुराको मतगणना सुरु भएको छैन्। निर्वाचन आयोगले बुधबार दिउँसो मतगणनाका लागि निर्देशन दिएपछि अहिलेसम्म मतगणना सुरु हुन नसकेको हो।
निर्वाचन आयोगको निर्देशन लगत्तै मतगणना सुरु गर्नका लागि त्यहाँ सर्वदलीय बैठक बोलाइएको थियो। तर, बुधबार बोलाइएको बैठकमा नेकपा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि मतगणना सुरु हुन सकेको थिएन।
बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आज (१५ मंसिर) बिहान ७ बजेका लागि पुनः सर्वदलीय बैठक बोलाइएको छ। ‘हिजोको सर्वदलीय बैठकमा एमालेका प्रतिनिधिहरु उपस्थित हुनुभएन्, आज बिहान ७ बजेलाई हामीले पुनः सर्वदलीय बैठक बोलाएका छौं, पौडेलले भने, हामीले बैठकमा उपस्थित हुनका लागि एमालेलाई खबर गरेका छौं,
मतगणना कहिलेबाट र कसरी सुरु हुने भन्नेबारेमा सर्वदलीय बैठकपछि मात्रै निर्णय हुने उनले बताए।
बाजुरा : सर्वदलीय बैठकमा एमाले नगएपछि मतगणना अझै अन्योल
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए।
मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो।
नेकपा एमालेले १५ र नेपाली कांग्रेसले ८ ठाउँको मतदान पुनः गर्न निवेदन दिएका थिए। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो। बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply