१५० मतपत्र हराएपछि दोलखामा मतगणना रोकियो
१६ मंसिर, काठमाडौं । दोलखामा जारी मतगणना विवादका कारण स्थगित भएको छ । करिब १५० वटा मतपत्र नभेटिएको भन्दै एमालेले आपत्ति जनाएपछि मतगणना स्थगित भएको हो ।
एउटा गाउँपालिकाको वडा नम्बर १ को १५० मतपत्र नभेटिएको मतगणनास्थलमा रहेका एक प्रतिनिधिले बताए । अहिले सर्वपक्षीय छलफल चलिरहेको छ । एमालेले उक्त मतपत्रको टुंगो नलागी मतगणना सुचारु हुन नसक्ने बताइरहेको छ ।
दोलखामा दोस्रो पटक भएको मतदानमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता लिइरहेका छन् । उनलाई एमालेका बालकृष्ण शिवाकोटीले पछ्याएका छन् ।
पछिल्लो मतगणनामा माओवादी २१०७ मतले अगाडि छ । ९ हजार ७६ मत गनिसकेपछि मतगणना रोकिएको हो ।
कालिञ्चोक १ को गणना भइरहदा मुचुल्कामा उल्लेख भएको सबै मत नभेटिएपछि विवाद भएको थियो ।
सो मतदान केन्द्र गठबन्धनले नियन्त्रणमा लिएर एकलौटी मतदान गरेको भन्दै एमालेले उजुरी गरेको थियो । माओवादी नेता नरवहादुर पाख्रिनले कब्जा गरेको मतदान केन्द्रको मत गन्ने क्रममा सबै मत नभेटिएपछि विवाद भएको हो । गणना भइरहेको बेला सो वडामा गठबन्धनका उम्मेदवार गंगा कार्कीले ९२४ मत र एमालेका बालकृष्ण शिवाकोटीले २५३ मत पाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply