मकवानपुरमा पिकअप भ्यान दुर्घटना, एकको मृत्यु, आठ घाइते
१७ पुस, मकवानपुर । मकवानपुरको भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपालिका–३ का अन्दाजी २० वर्षका राहुलकुमार पण्डित रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका पण्डितलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्याइएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।
आइतबार बिहान बाराबाट हेटौंडा हुँदै दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भ्यान आर्मी ब्यारेक नजिकै आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
घाइते हुनेहरुमा बारा विश्रामपुर गाउँपालिका–३ का २७ वर्षीय अजय चौरसिया, भारत झारखण्डका ३६ वर्षीय विजय दास, पर्सा विरगञ्ज महानगरपालिका–१७ का १८ वर्षीय सुमित गुप्ता, बहुदरमाई नगरपालिका–५ का २६ वर्षीय दिनानाथ प्रसाद, बारा विश्रामपुर गाउँपालिका–३ मुसरहवाका १८ वर्षीय शिवजी साह, विश्रामपुर–३ मुसरहवाका १८ वर्षीय धिरज चौरसिया, विश्रामपुर–३ मुसरहवाका १७ वर्षीय पप्पुकुमार गुप्ता र पर्साको बहुदरमाई–५ का २८ वर्षीय उमेश कुशवाह छन् ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउनको लागि दामनतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते पिकअप चालक भने सम्पर्कमा नरहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply