सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेश सरकारको भागबण्डा टुङ्ग्याउने तयारी

२४ पुस,काठमाडौं । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुटेका छन् । शनिवार बालुवाटारमा सामान्य छलफल भएको थियो । आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी नेताहरू छलफल गर्न लागेका हुन् ।
हिजो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले शीर्ष तहमा बुझाएको थियो । त्यसपछि नेताहरू छलफलमा जुटेका थिए ।
प्रदेश नम्बर १ मा आइतबार सरकार गठनको अन्तिम डेडलाईन रहेको छ । यहाँ समस्या नभए पनि अन्य प्रदेशमा पनि सहमति खोज्ने प्रयास नेताहरूको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार ५ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा प्रदेशहरूको भागबण्डा र सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ ।
प्रदेश १ र गण्डकी एमालेले पाउने निश्चित हुँदा कर्णाली र सुदूरपश्चिममा माओवादीको दाबी छ । यद्यपि सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि आफ्नो दाबी गरिरहेको छ ।
मधेश प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । यहाँ दुवै दललाई आधा आधा कार्यदल सरकारको नेतृत्व दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।
एमालेले थप दुई प्रदेश पाउने लगभग निश्चित छ । ती दुई प्रदेश लुम्बिनी र बागमती हुन सक्छन् । यद्यपि बागमती नपाए कर्णालीमा एमालेको दाबी रहने नेताहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply