सांसदहरुले हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु
२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतका लागि संसदमा मत विभाजन सुरु भएको छ।
सबै दलका नेताहरुले बोलिसकेर प्रधानमन्त्री दाहालले जवाफ दिएपछि प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजन प्रक्रिया अघि बढाएका हुन्।
मत विभाजनका क्रममा सांसदहरुले हुन्छ र हुन्न भन्ने मत दिन पाउने भएका छन्। त्यसका लागि उनीहरुले आ-आफ्नो लवीमा पसेर हस्ताक्षर गर्नेछन्।
हस्ताक्षरमार्फत मत विभाजन हुन लागेको हो। प्रधामन्त्री प्रचण्डलाई संसदका साना ठूला सबै दलका २७४ सांसदको समर्थन रहेको छ।
यदि यी सबै सांसदले मत दिएमा प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिल्नेछ। यद्यपि उनलाई नेपाली कांग्रेसलेसमेत साथ दिएपछि राष्ट्रिय सहमतिसहितको सरकारको नेतृत्व मिलेको छ।
यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply