लुम्बिनी प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
२७ पुस, बुटवल । लुम्बिनी प्रदेश सभामा सरकारमा दाबी पेस गर्ने आज (बुधबार) अन्तिम दिन हो । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समय सीमा आज सकिँदै छ ।
मंगलबार (हिजो) नै सरकारमा दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दाबी पेस गर्न सकेनन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका रूपन्देही इञ्चार्ज भूमिश्वर ढकालका अनुसार विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा सोमबार तय गरिएको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा (एमाले) लाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र) मा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने मागसहित काठमाडौंमा छन् ।
तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय संघसँग भएकाले बुधबार (आज) मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको बताए । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते (आज) अपराह्न ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलको सोमबार बसेको बैठकले आज नै बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्ने निर्णय गरेको थियो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । उनीहरूले सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply