सुदूरपश्चिममा सभामुखको मनोनयन आज
२७ पुस, धनगढी । सुदूरपश्चिममा मंगलबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ ।
प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार मंगलबार बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ ।
निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा जुटेका छन् । एमाले नेतृत्वको गठबन्धनमा भागबन्डाका क्रममा सभामुख पाउने माओवादी केन्द्रले अहिलेसम्म उम्मेदबारको विषयमा टुंगो नलागेको जनाएको छ ।
संसदीय दलका नेता खगराज भट्टले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने कुराको टुंगो लागिनसकेको बताउँदै आफूहरु छलफलमै रहेको जानकारी दिए ।
अहिले काठमाडौंबाट फर्किरहेको बताउँदै भट्टले धनगढी पुगेपछि दलको बैठक बसेर उक्त कुरा टुंग्याउने बताए ।
संसदीय दलका नेता कमल शाहले बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा प्रदेश सरकार गठनलगायतका विषयमा छलफल हुने प्रदेश सभा सदस्य मेघराज खड्काले जानकारी दिए ।
सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आजै साँझ ५ बजे सकिंदैछ भने सभामुखको निर्वाचन भोलि दिउँसो १ बजे हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply