लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिग
२७ पुस,काठमाडौं । विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टारले नेपाल टी–२० लिगको बुधबार भएको फाइनलमा पहिलो संस्करणको उपाधि जितेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजक रहेको लिगको उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख पुरस्कार प्राप्त गर्यो । यस्तै, तेस्रो बनेको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख रुपैयाँ पायो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी अल स्टारले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका अर्जुन साउदले ३४ रन बनाए । पृथु बास्कोटाले ३१ र हुसैन तलातले १३ बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका कप्तान दीपेन्द्रसिंह ऐरी ‘गोल्डेन डक’ भएका थिए ।
विराटनगरलाई सस्तैमा रोक्न लुम्बिनीका सागर ढकाल र हर्मित सिंह समान दुई विकेट लिए । किशोर महत्तो र बिपुल शर्माले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले १९।२ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल खडा गरेको थियो ।
लुम्बिनीका ओपनर लहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए । अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए । यी दुईले पहिलो विकेटका लागि ५।५ ओभरमा ६४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले २० र इसान पाण्डेले १८ रन बनाए । विराटनगरका राज नानन र नन्दन यादवले दुई–दुई विकेट लिए । यस्तै, हुसैन तलात, किओन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply