लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिग

२७ पुस,काठमाडौं । विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टारले नेपाल टी–२० लिगको बुधबार भएको फाइनलमा पहिलो संस्करणको उपाधि जितेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजक रहेको लिगको उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख पुरस्कार प्राप्त गर्यो । यस्तै, तेस्रो बनेको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख रुपैयाँ पायो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी अल स्टारले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका अर्जुन साउदले ३४ रन बनाए । पृथु बास्कोटाले ३१ र हुसैन तलातले १३ बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका कप्तान दीपेन्द्रसिंह ऐरी ‘गोल्डेन डक’ भएका थिए ।
विराटनगरलाई सस्तैमा रोक्न लुम्बिनीका सागर ढकाल र हर्मित सिंह समान दुई विकेट लिए । किशोर महत्तो र बिपुल शर्माले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले १९।२ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल खडा गरेको थियो ।
लुम्बिनीका ओपनर लहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए । अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए । यी दुईले पहिलो विकेटका लागि ५।५ ओभरमा ६४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले २० र इसान पाण्डेले १८ रन बनाए । विराटनगरका राज नानन र नन्दन यादवले दुई–दुई विकेट लिए । यस्तै, हुसैन तलात, किओन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply