कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै
३० पुस, सुर्खेत । कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय सीमा तोकिएको छ । प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
यस्तै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।
साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
एमालेबाट सभामुखको को–को छन् आकाङ्क्षी ?
यद्यपि अहिलेसम्म सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख भाग परेको नेकपा (एमाले) ले उम्मेदवारको टुङ्गो लगाएको छैन । एमालेबाट अहिलेसम्म तीन जना सभामुखका आकाङ्क्षी देखिएका छन् । सभामुखको लागि सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम चर्चामा छ ।
तीन जना मध्ये मल्ल प्रत्यक्ष निर्वाचित हुन् भने गुरुङ र रोकाय समानुपातिकबाट निर्वाचित सांसद हुन् । एमाले सांसद टेकराज पछाईका अनुसार अहिलेसम्म उक्त विषयमा खासै छलफल नै भएको छैन । आज ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा तोकिएकाले आज दिउँसो बैठक बसेर छलफल गरिने उनले बताए । सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ ।
चर्चामा रहेका तीन जनामध्ये महिला सांसद गुरुङको सम्भावना प्रबल रहेको नेताहरूको भनाई छ । ‘भएसम्म यो पटक महिलालाई स्थान दिने भन्ने कुरा उठिरहेको छ, एमालेका एक सांसदले भने, तर छलफलबाट नै टुङ्गो लाग्ने भएकाले अहिले नै भन्न सकिने अवस्था छैन ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply