कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

३० पुस, सुर्खेत । कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय सीमा तोकिएको छ । प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
यस्तै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।
साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
एमालेबाट सभामुखको को–को छन् आकाङ्क्षी ?
यद्यपि अहिलेसम्म सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख भाग परेको नेकपा (एमाले) ले उम्मेदवारको टुङ्गो लगाएको छैन । एमालेबाट अहिलेसम्म तीन जना सभामुखका आकाङ्क्षी देखिएका छन् । सभामुखको लागि सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम चर्चामा छ ।
तीन जना मध्ये मल्ल प्रत्यक्ष निर्वाचित हुन् भने गुरुङ र रोकाय समानुपातिकबाट निर्वाचित सांसद हुन् । एमाले सांसद टेकराज पछाईका अनुसार अहिलेसम्म उक्त विषयमा खासै छलफल नै भएको छैन । आज ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा तोकिएकाले आज दिउँसो बैठक बसेर छलफल गरिने उनले बताए । सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ ।
चर्चामा रहेका तीन जनामध्ये महिला सांसद गुरुङको सम्भावना प्रबल रहेको नेताहरूको भनाई छ । ‘भएसम्म यो पटक महिलालाई स्थान दिने भन्ने कुरा उठिरहेको छ, एमालेका एक सांसदले भने, तर छलफलबाट नै टुङ्गो लाग्ने भएकाले अहिले नै भन्न सकिने अवस्था छैन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply