सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की
३ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच विवाद भएको हो ।
अध्यक्ष ओलीले कांग्रेसमाथि सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको आरोप लगाएपछि लेखकले उनको प्रतिवाद गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘सत्ता गठबन्धनमा तलदेखि माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।
जवाफमा लेखकले आफूहरू प्रतिपक्ष नै रहेको स्पष्ट पारेका थिए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौँ बरु राष्ट्रिय सहमतिको पक्षमा छौँ । संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएका हौँ,’ लेखकले जवाफ दिएका थिए ।
चर्काचर्कीपछि बैठक जारी रहेकै बेला अध्यक्ष ओली बैठक स्थलबाट बाहिरिएका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply