सभामुखको उम्मेदवारीबारे निर्णय लिन देउवाले बोलाए पदाधिकारी बैठक
४ माघ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । आज (बुधबार) बिहान ९ बजे देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनले जानकारी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो बोलाएको सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक दलको हुनुपर्नेछ । हिजोको सर्वदलीय वैठकमा आफूहरु प्रतिपक्षी भूमिकामै रहेर सभामुख पाए नछाड्ने स्पष्ट पारेको छ । हिजोको वैठकमा कांग्रेस नेता र नेकपा एमाले अध्यक्ष ओलीबीच भनाभन समेत भएको थियो । हिजोको वैठकमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा फाटो ल्याउने मनसायले ढोक्से नथाप्न कांग्रेसलाई चेतावनी समेत दिएका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply