गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा आज सुनुवाइ
१३ माघ,काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुने भएको छ ।
यसअघि ११ माघ बुधबार सर्वोच्चको संवैधानिक इजलासले बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए । रिट निवेदक पक्षको बहस भने सकिएको थियो । रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका थिए ।
रिट निवेदक पक्षका वकिलले लामिछानेले नेपाली नागरिकताका लागि प्रक्रिया नपुर्याएको भन्दै उनी नेपाली नागरिक नभएको जिकिर गरेका थिए । आज दुवैतर्फका वकिलहरूका बहस सकिएपछि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्चले निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।
अमेरिकाको नागरिकता लिएपछि निष्क्रिय भइसकेको लामिछानेको नागरिकतालाई पुनः पक्रिया नपु¥याइ प्रयोग गरेको भन्दै अदालतमा मुद्दा दर्ता भएको थियो । रिट निवेदकका ५ वकिलले २३ पृष्ठको सामूहिक बहसनोट पनि इजलासमा बुझाएका छन्। बहसनोटमा रवि नेपाली भए पनि नेपाली नागरिक नभएको जिकिर गरिएको छ। गैरनागरिकले नागरिकलाई शासन गर्न नमिल्ने वकिलहरुको जोड छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, विष्णु लुइँटेल, अधिवक्ताहरु रमन कर्ण, समृत खरेल र निकिता ढुंगानाले सामूहिक रुपमा बहसनोट बुझाएका हुन् । उनीहरुले रवि नेपाली मूलका विदेशी भएको बताएका छन् । यस्तै रविले फौजदारी कसुर गरेको भन्दै उनीमाथि तत्काल निष्पक्ष छानबिनको समेत माग गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply