अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै
१५ माघ, काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज (आइतबार) नेपाल भ्रमणका लागि आउँदै छिन् । नुल्याण्ड नेपालमा आज र भोलि बस्ने जनाइएको छ ।
नेपालमा नयाँ सरकार गठन भए लगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेण्डामा छलफल गर्ने तयारी छ । नुल्याण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको भ्रमण तालिका र कार्यसूचीका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।
नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतृत्वसँग भेट्ने कार्यक्रम छ । अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत अवलोकन गर्ने जनाइएको छ । यस्तै भोलि (सोमबार) दिउँसो पत्रकार सम्मेलन गरेर उनले आफ्नो भ्रमणबारे जानकारी दिने पनि दूतावासले जनाएको छ । नुल्याण्ड सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त भएकी थिइन् ।
नेपालमा एमसीसी कार्यान्वयन पक्षबारे अमेरिकाको मुख्य चासो र प्राथमिकतामा रहेको छ । झण्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी अनुदान नेपालले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो वैदेशिक सहयोग हो । लामो विवादपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित भएको थियो ।
झण्डै साढे तीन दशकको कुटनीतिक अनुभव भएकी नुल्याण्ड अमेरिकाका तीन जना राष्ट्रपति जो बाइडेन, बाराक ओबामा र जर्ज डब्लू बुससँग निकट रहेर काम गरेकी छन् । उपविदेशमन्त्री नुल्याण्डले नेपालसहित भारत, श्रीलङ्का र कतारको भ्रमण गर्नेछिन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply