भारतले घटायो नेपाललाई दिने अनुदान सहायता
१८ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई दिने अनुदान सहायता रकम घटाएको छ । आज (बुधबार) भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३-२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।
भारत सरकारले गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु (१२ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो । तर, बजेटमा घोषणा भएअनुसारको सहयोग नभएको देखिएको छ ।
गत वर्ष चार अर्ब २५ करोड भारु (६ अर्ब ८० करोड नेपाली रुपैयाँ) मात्र नेपाललाई सहयोग गरिएको भारतीय बजेटमा उल्लेख छ । भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग गर्छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गर्छ ।
आउँदो वर्ष भारत सरकारले भुटानलाई सहयोगका लागि २४ अर्ब भारु छुट्ट्याएको छ । भारतले छिमेकी तथा मित्रदेशहरूका लागि ५४ अर्ब भारु सहयोग गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । भारतले विगतदेखि नै सबैभन्दा बढी सहयोग भुटानलाई गर्ने गरेको छ ।
नेपाललाई यसरी दिने भनिएको सहयोग भने बजेटरी माध्यमबाट आउने गर्दैन । भारतीय दूतावासले बर्षेनी स्वास्थ्य चौकीलाई दिने एम्बुलेन्स तथा विद्यालय भवन बनाउनमा सो रकम खर्च गर्ने गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply