भारतीय नागरिकको हत्या अभियोगमा दम्पती पक्राउ
२१ माघ,गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले एक भारतीय नागरिकको हत्या अभियोगमा एक दम्पतीलाई पक्राउ गरेको छ । भारतको सुगौली पूर्वी चम्पानगर–८ का ४४ वर्षीय शेख अताहुसेइको हत्या अभियोगमा गुल्मीको सत्यवती गाउँपालिका– १ का ५६ वर्षीय छविलाल अधिकारी र श्रीमती ४८ वर्षीया विष्णु अधिकारीलाई गुल्मी प्रहरीले पक्राउ गरेर शनिबार सार्वजनिक गरेको हो ।
अधिकारी दम्पतीले गत माघ १२ गते शेखको हत्या गरेर खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । शेखले मदिरा सेवन गरेर छविलालकी श्रीमतीलाई यौनजन्य क्रियाकलाप गरेपछि हथौडा प्रहार गरी हत्या गरेर दम्पती मिलेर बोरामा राखेर घर नजिकैको पुलबाट कालिगण्डकी नदीमा फालेको प्रहरी समक्ष स्वीकारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् ।
माघ १९ गते रुरु क्षेत्र २ को ढोडेनी बगरमा उत्तानो परेको अवस्थामा शव फेला परेको खबर पाएपछि अनुसन्धानबाट अभियुक्त फेला परेका रानाभाटाले बताएका छन् । त्यस्तै वामी घटनाको पनि विभिन्न किसिमबाट अनुसन्धान भइरहेकाले केहि दिनमै नतिजा प्राप्त हुने गुल्मी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलसहितको टोलीले घटना भएको दिनदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply