टर्की भूकम्प अपडेट : मृत्तकको संख्या १४३ पुग्यो
२३ माघ, काठमाडौं । टर्कीमा आज बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर रूपमा बढिरहेको छ ।
अहिलेसम्म सिरियामा ९० र टर्कीमा ५३ गरी १४३ जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको हो । टर्कीको मलत्या शहरमा २३ जना, सानल्युर्फामा १७ जना, दियारबाकिरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्यस्तै सिरियामा ९० जनाको मृत्यु भएको पुष्टि भएको छ । दुवै देशमा भौतिक संरचनामा ब्यापक रूपमा क्षति पुगेकाले भत्किएका संरचनामा सयौं च्यापिएको अनुमान गरिएको छ । मानिसहरु सुतिरहेको बेला भूकम्प गएकाले मृतक संख्या अनुमान भन्दा बढी हुन सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् ।
स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेट जाँदा दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा शक्तिशाली भूकम्प गएको थियो । पहिलो झड्का लगत्तै ६ रेक्टर स्केल भन्दा माथिका थुप्रै पराकम्पको महसुश भएको टर्कीको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अमेरिकी भू–गर्भ विभागले १७ दशमलव ९ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का जोर्डन, साइप्रस, ग्रीस, लेबनान, इराक, इरान, जर्जिया, बेलायत र अमेरिकासम्म महसुश भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँंकी रहेको छ । यसैबीच, टर्की सरकारले भूकम्पपछिको उद्धार र ब्यवस्थापनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply