टर्की–सिरियामा भूकम्प : ज्यान गुमाउनेको संख्या करिब ८ हजार पुग्यो
![टर्की–सिरियामा भूकम्प : ज्यान गुमाउनेको संख्या करिब ८ हजार पुग्यो टर्की–सिरियामा भूकम्प : ज्यान गुमाउनेको संख्या करिब ८ हजार पुग्यो](https://ebudhabar.com/wp-content/uploads/2023/02/Turkey-Earthquake-2-1024x739.jpg)
२५ माघ, काठमाडौं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो ।
भग्नावशेषहरुमा खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्यधिक चिसो मौसमका बाबुज हाल उद्धार तथा राहतको काम तीव्र पारिएको छ ।
टर्कीका सहरहरुमा भूकम्प पीडितहरु नै उद्धार कार्यमा सक्रिय रहेको बीबीसीले जनाएको छ । कतिपय पीडितहरुले उद्धार कार्य ढिलो भइरहेको गुनासो पनि गरेका छन् ।
गत सोमबार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा टर्की र सिरियाको सीमा क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि नै ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।
भूकम्पले मानवीय र भौतिक क्षति धेरै भएपछि टर्की सरकारले संकटकाल घोषणा गरेको छ । अमेरिका, चीन, रुस, बेलायतलगायत देशले खोज तथा उद्धार कार्यमा सघाइरहेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply