ओलीसँग डेढ घन्टा छलफल गरेर बालकोटबाट बाहिरिए प्रचण्ड
२५ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता भर्खरै सकिएको छ । एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा आज (बुधबार) बिहान करिब डेढ घण्टा उनीहरूबीच भटवार्ता भएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओलीसँग प्रचण्डले भेटघाट बाक्लो बनाइरहेका छन् । आजै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन् । त्यहाँ नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै रावल नेतृत्वको सरकार ढल्ने सम्भावना बढेको छ ।
उता, लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । उनीहरुबीच यी विषयसहित समसामयिक राजनीतिबारे छलफल भएको बुझिएको छ । आजको भेटवार्तामा भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको वैठक बस्ने सहमति भएको । उक्त वैठकमा नयाँ राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply