एमालेले सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म पालिकामा खटाउने
२५ माघ, काठमाडौं । नेकपा (एमाले) ले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई पार्टी कामका लागि दुई महिनासम्म देशभरका पालिकास्तरमा खटाउने तयारी गरेकोे छ । सम्भवत एक- दुइदिन भित्रै बस्ने पार्टीको सचिवालय बैठकले सबै केन्द्रीय सदस्यहरुलाई जानुपर्ने पालिका तोकेर पठाउने तयारी गरिरहेको बुझिएको छ ।
पार्टी काम र संगठनलाई चुस्त र प्रभावकारी बनाउन यसो गर्न लागिएको एमालेका एक सचिवालय सदस्यले बताए । केन्द्रीय सदस्यलाई जिम्मेवारी तोक्दा जुन जिल्लाको हो, त्यो जिल्ला नपठाई फरक जिल्लाको स्थानीय तहमा पठाउन लागिएको छ । जस्तो, सिन्धुली जिल्ला स्थायी ठेगाना भएको कोही केन्द्रीय सदस्य छ भने सिन्धुली जिल्लाका स्थानीय तहमा पठाइने छैन । तर, प्रदेशमा भने बागमती प्रदेशकै कुनै पालिकामा पठाइने गरि मापदण्ड बनाएको बुझिएको छ । त्यस्तै, एक केन्द्रीय सदस्यलाई कम्तिमा दुई पालिकामा खटाइने गरि मापदण्ड बनाइएको बुझिएको छ । कुन केन्द्रीय सदस्यलाई कुन कुन पालिकामा पठाउने भन्ने आन्तरिक तयारी सबै सके पनि सचिवालयले अहिलेसम्म यसलाई बाहिर ल्याएको छैन ।
स्रोतका अनुसार, यो अभियान आगामी फागुन ७ गते बाट शुरु गर्न लागिएको छ । अभियानमा खटिने सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म त्यहाँ रहँदा के के गर्ने भन्ने बारे पनि केन्द्रीय सचिवालयले नै कामको परिभाषा तोक्ने छ । अहिलेसम्म अधिवेशन हुन नसकेका पालिका तथा वडा तहका अधिवेशन गराउने, नविकरण नभएका संगठित सदस्यहरुलाई स्वयं उपस्थित गराएर मात्र संगठित सदस्य नवीकरणका लागि सिफारिस गर्नुपर्ने, संगठित सदस्यहरुलाई पाटीप्रति बैचारिकरुपले चुस्त र सांगठानिकरुपले उत्तरदायी बनाउने खालका अभियान चलाउनु पर्नेजस्ता कामको जिम्मा दिइने बुझिएको छ । साथै, ती केन्द्रीय सदस्यले दुई महिना स्थानीय तहमा बसेर फर्के पछि त्यहाँ भए गरेका कामको रिर्पोट पार्टीको सचिवालयमा बुझाउनु पर्ने गरि कामको मापदण्ड बनाउन लागिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply