अबको राष्ट्रपति हामीले जो भन्छौं त्यही : ओली

२७ माघ, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति सत्ता साझेदार दलहरूको सहमतिबाट चुनिने बताएका छन् । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि बाहिरिने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिंदै अध्यक्ष ओलीले दलहरूकै सहमतिबाट राष्ट्रपति चुनिने बताए ।
अबको राष्ट्रपति को बन्छ ? भन्ने प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, हामीले जो भन्छौं, त्यही बन्छ । अध्यक्ष ओलीले सुदूरपश्चिम सरकार ढल्यो अब केन्द्रमा के हुन्छ भन्ने प्रश्नको जवाफमा, अब हेर्दै जाऔं ।
उनले राष्ट्रपतिको सम्बोधन राम्रो भएको प्रतिक्रिया दिएका छन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५० मिनेट सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारी आफूले प्रस्तुत गरेको विषय सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले विकास पूर्वाधार, अर्थतन्त्र सुधार र सरकारको नीति तथा कार्यक्रमबारे स्पष्ट पारिन् । उनले विकास निर्माणले गति लिए पनि त्यो पर्याप्त नभएको बताइन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply