नामिबियाले नेपाललाई दियो २८६ रनको लक्ष्य
२ फागुन, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ लक्ष्य दिएको छ । नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको हो ।
नामिबियाका माइकल भानले १३३ रन बनाएर आफ्नो टिमलाई उच्च स्कोरमा पुर्याउन सफल भए । नेपालका लागि करण केसी एक्लैले ५ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि सुरु आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल स्कटल्यान्डसँग फागुन ५ गते खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । यता नामिबिया ३० खेलमा ३७ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।
यसैगरी, स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो स्थानमा छ । ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा भने पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवान्युगिनीको २८ खेलमा पाँच अंक छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply