महाभियोग टुङ्गो नलागे अर्को संसदमा लैजान सहमति

२ फागुन, काठमाडौं । एउटा संसदमा टुङ्गो नलागेको महाभियोग प्रस्ताव अर्को संसद्मा लैजान सांसदहरू सहमत भएका छन् । आज (मंगलबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम भएर महाभियोग टुग्याउन नसके निर्वाचनपछि आउने संसद्ले स्वीकार्नु पर्नेमा समिति सदस्यहरू एक भएका हुन् ।
महाभियोग लगाउने प्रतिनिधिसभाको समय सकिएर काम पूरा नभए त्यसले गरेको कामको दायित्व निर्वाचित प्रतिनिधि सभामा सर्ने व्यवस्था गर्न लागिएको हो । महाभियोग लागिसकेपछि त्यसलाई टुंगोमा लागाउनुपर्ने विषय मस्यौदामै समेट्नु पर्ने विषय सांसदहरूले उठाएका थिए ।
महाभियोग लगाइसकेपछि प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम समय रहेको अवस्थामा महाभियोगको बाँकी काम निर्वाचित भएर आउने प्रतिनिधि सभाले टुंगो लगाउने भन्ने नियम राख्न लागिएको हो । यस्तै, राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंगो लगाउने प्रावधानमा सहमति जुटेको छ । संवैधानिक निकायका प्रमुख वा सदस्यविरूद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउने विषयमा सांसदहरू एक भएका हुन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply