महाभियोग टुङ्गो नलागे अर्को संसदमा लैजान सहमति
२ फागुन, काठमाडौं । एउटा संसदमा टुङ्गो नलागेको महाभियोग प्रस्ताव अर्को संसद्मा लैजान सांसदहरू सहमत भएका छन् । आज (मंगलबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम भएर महाभियोग टुग्याउन नसके निर्वाचनपछि आउने संसद्ले स्वीकार्नु पर्नेमा समिति सदस्यहरू एक भएका हुन् ।
महाभियोग लगाउने प्रतिनिधिसभाको समय सकिएर काम पूरा नभए त्यसले गरेको कामको दायित्व निर्वाचित प्रतिनिधि सभामा सर्ने व्यवस्था गर्न लागिएको हो । महाभियोग लागिसकेपछि त्यसलाई टुंगोमा लागाउनुपर्ने विषय मस्यौदामै समेट्नु पर्ने विषय सांसदहरूले उठाएका थिए ।
महाभियोग लगाइसकेपछि प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम समय रहेको अवस्थामा महाभियोगको बाँकी काम निर्वाचित भएर आउने प्रतिनिधि सभाले टुंगो लगाउने भन्ने नियम राख्न लागिएको हो । यस्तै, राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंगो लगाउने प्रावधानमा सहमति जुटेको छ । संवैधानिक निकायका प्रमुख वा सदस्यविरूद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउने विषयमा सांसदहरू एक भएका हुन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply