गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब
३ फागुन, काठमाडौं । गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् ।
काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै गृहमन्त्री नियुक्तिको माग राखेका हुन् ।
संसारका कुनै देशमा देखिने दृष्य जस्तो गोंगबुमा देखियो, राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले भने, यो देशमा गृहमन्त्रालयको संयन्त्र छ । तर, गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरु मन्त्रालय किन बनाएको ? उनले गृहमन्त्री तत्काल नियुक्त गर्न समेत माग राखे ।
नेपाली कांग्रेसका सांसद प्रकाशशरण महत, रास्वपाका सांसद शिशिर खनाललगायतले पनि काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उक्त घटना भएको भन्दै सांसदहरुले गृहमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply