राष्ट्रपतिबाट ३९५ कैदीबन्दीको सजाय माफी
६ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जनाको सजाय माफी गरिदिएकी छन् ।
मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा शनिबारदेखि लागू हुने गरी विष्णुकुमार लिम्बु समेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस्तै प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले पुष्कर गौतमसहित अरु १४ जनालाई पनि सजाय माफी गरिदिएकी छन् । बिहीवार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा १४ जनाको सजाय माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गौतम ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भइ गएको माघमा सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएका व्यक्ति हुन् । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुतलबी, परिवर्तन वा कम गर्न सक्ने प्रावधान छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply