नेपाललाई नामिबियाले दियो २७५ रनको लक्ष्य
६ फागुन, काठमाडौं । आईसीसी लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाले नेपाललाई २७५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रनको स्कोर तयार गरेको छ ।
पहिलो विकेटका लागि ओपनर लो हान्ड्रे लरेन्स र कार्ल ब्रिकेनस्टोकले ६४ रनको साझेदारी गरे। लरेन्स सन्दीपको बलमा बोल्ड आउट भए । कार्ल २० रनमा सन्दीपको बलमा क्याच आउट भए । माइकल भान लिंगेन दिपेन्द्रको जोराको हातबाट २२ रनमा क्याच रन आउट भए । कप्तान गेहार्ड इरास्मस १५ रनमा सन्दीपको बलमा बोल्ड आउट भए। जान निकोल लिफ्टी–एटोन १५ रनमा करन केसीको बलमा क्याच आउट भए ।
छैटौँ विकेटका लागि जेन ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको साझेदारी गर्दै नामिबियाको इनिङ्स उकासेका थिए। फ्रान्स ४९ रनमा सोमपाल कामीको बलमा रनआउट भए । ३९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का हाने । जेन ग्रिन ७५ र रुबेन २४ रनमा नटआउट रहे। ग्रिनले ६३ बलमा ११ चौका र १ छक्का हाने ।
रुवेनले ७ बलमा ३ चौका र २ छक्का हाने । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा करण केसीले एक विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चे । नामिबियाविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा ५० विकेट पूरा गर्ने सन्दीप नेपालका पहिलो बलर बने। नेपालका लागि करण केसी महंगा सावित भए । उनले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply