बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता
१० फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँग छलफलका लागि गठबन्धनका अन्य नेताहरु पनि बालुवाटार जाने बताइएको छ ।
उनीहरुबीच एक्ला–एक्लै वार्ता शुरु भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । उनीहरूले आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय लिनेगरी छलफल गर्न लागेको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरु पनि बालुवाटार जाने तयारीमा रहेका बुझिएको छ ।
गठबन्धनमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विवाद देखिएको छ । विशेषत प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति नदिने पक्षमा देखिएका छन् भने एमालेले पूर्व सहमति अनुरुप राष्ट्रपति पाउनुपर्ने अडान राखेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply