प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा वार्ता

११ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।
उक्त वार्तामा अध्यक्ष नेपाल अन्य शीर्ष नेताहरुलाई लिएर सहभागी भएका हुन्।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि दाबी प्रस्तुत गरिरहेको समाजवादीको नेतृत्व र प्रधानमन्त्रीबीच वार्ता भएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेसँगै नेपाल सक्रिय भएका हुन्।
उनले बुधबार मात्रै पार्टी कार्यालय आलोकनगरमा राष्ट्रपतिका अर्का दाबेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफूलाई सघाउन भनेका थिए।
त्यस्तै हिजै अध्यक्ष नेपालसँग चिनियाँ राजदूत चेन सोङले पनि कोटेश्वरमा पुगेर वार्ता गरेका थिए। उक्त भेट पनि राष्ट्रपति निर्वाचनमै केन्द्रति थियो।
बुधबारै बसेको समाजवादी सचिवालयको बैठकले सकेसम्म राष्ट्रपति पद लिने निर्णय गर्दै त्यसका लागि एमालेसहित सबै दलसँग संवाद गर्ने जनाएको थियो।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
Leave a Reply