केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु
![केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु](https://ebudhabar.com/wp-content/uploads/2022/01/kpoli_20210325165937.jpg)
११ फागुन, काठमाडौं । केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु भएको छ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको च्याम्पियनसीपको नेकपा एमालेका अध्यक्ष ओलीले बिहीबार उद्घाटन गरेका हुन् । पहिलो खेल नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल सुरु भएकाे हाे ।
यसअघि च्याम्पियनसीपको तालिका र ट्रफी सार्वजनिक भइसकेको छ ।
प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुने आयोजकले जानकारी दिएकाे छ ।
प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply