केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु
११ फागुन, काठमाडौं । केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु भएको छ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको च्याम्पियनसीपको नेकपा एमालेका अध्यक्ष ओलीले बिहीबार उद्घाटन गरेका हुन् । पहिलो खेल नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल सुरु भएकाे हाे ।
यसअघि च्याम्पियनसीपको तालिका र ट्रफी सार्वजनिक भइसकेको छ ।
प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुने आयोजकले जानकारी दिएकाे छ ।
प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply