बालुवाटार बैठकअघि ओली–नेपालबीच वार्ता
१२ फागुन,काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेर निस्किएका ओली र नेपालबीच महाराजगञ्जमा भेट भएको हो ।
ओलीसँगको भेटपछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ‘दुवै नेताहरुबीच करिव आधा घण्टा छलफल भएको छ’ स्रोतले भन्यो । गत आइतबार पनि दुवै नेताहरुबीच पनि महाराजगञ्जमा बैठक भएको थियो ।
भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । त्यसपछि नेपालले विभिन्न राजनीतिक दलहरुसँग राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा छलफल समेत चलाउँदै आएका थिए । शुक्रबार बिहान भएको चार दलीय छलफलमा पनि नेपालले आफूलाई राष्ट्रपति उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए । कांग्रेस भने राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताउँदै आएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply