मुलुक अन्त्यहीन अस्थिरतातिर धकेलियो : एमाले
१२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
‘राजनीति भनेको भागबण्डा मात्रै हो, र त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको छ, ज्ञवाली भन्छन् । पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको उनी बताउँछन् ।
कतिपय नेताको विश्वासनीयतामाथि प्रश्न उठेको छ । यसले राजनीतिमा बितृष्ण जोगाउने कार्यलाई नै मद्दत पुग्छ, ज्ञवाली भन्छन् । प्रचण्डले गठबन्धन बदल्ने निर्णय गर्नुलाई बाह्य शक्तिको दबावका रुपमा समेत बुझ्नुपर्ने उनको तर्क छ ।
‘जस्तो भूराजनीतिक दबावबारे चर्चा भइरहेको थियो । अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ, उनी भन्छन् ।
सरकारको नेतृत्व गरिररहेको माओवादी केन्द्रले गठबन्धन बदलेपछि विकसित परिस्थितिबारे भोलि बस्ने सचिवालय बैठकबाट निर्णय हुने उपमहासचिव ज्ञवालीले बताए ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply