बागमती प्रदेश : सरकारबाट बाहिरिएको राप्रपाको घोषणा
१३ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारबाट राप्रपा अलग हुने भएको छ । प्रदेशसभाको आज (शनिबार) बसेको बैठकको विशेष समयमा बोल्दै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा रहने घोषणा गरेका हुन् ।
उनले औपचारिक रूपमा प्रदेशका मुख्यमन्त्रीलाई सामुहिक रूपमा राजीनामा बुझाउने बताए । उनका अनुसार प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्नेछ ।
उनले सत्तापक्षमा रहँदा समेत अपहेलित हुन परेको भन्दै दुःख व्यक्त गरेका छन् । राप्रपाले संविधान विपरीतका कुनै पनि कदम नचालेको उनले बताए । संवैधानिक राजतन्त्र, वैदिक सनातन हिन्दु राष्ट्र निर्माण, संघीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीय तह निर्माण राप्रपाको एजेन्डा भएको उनले बताए ।
राप्रपाले सरकारमा गएर पनि यिनै मुद्दाहरूमा काम गर्ने योजना बनाएको र वर्तमान अवस्थाको राजनीतिक घटना क्रमका कारण आफूहरू सरकार छाड्न बाध्य भएको उनले बताए । जनताको मागलाई सम्बोधन गर्दै सङ्घीयता खारजीको वकालत गर्दै आएकोमा सरकारको नेतृत्व कर्ताले संविधानको बर्खिलाप भएको भन्दै स्पष्टीकरण सोध्नु गलत भएको उनले बताए ।
आगामी दिनमा पनि सरकारमा आउने मन्त्री र पदाधिकारीलाई सहयोग गर्दै संघीयाता खारेजीको माग निरन्तर गर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply