सन्दीप विदेश जान पाउने/नपाउने आज टुंगो लाग्ने

१४ फागुन, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाडेको ठीक छ कि पुनः थुनामै फर्काउनुपर्ने हो भन्ने विषयमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ।
उच्च अदालत पाटनले २० लाख धरौटीमा छाडेपछि लामिछाने कारागार बाहिरै रहेर मुद्दा लडिरहेका छन्। आज सर्वाेच्चको सुनुवाइ उनलाई धरौटीमा छाड्न गरेको आदेश ठीक छ कि छैन भन्ने विषयमा केन्द्रित हुनेछ।
उच्च अदालत पाटनको फैसला बदर गरेको खण्डमा सर्वाेच्चले सन्दीपलाई पुनः थुनामै पठाउन पनि सक्छ।
यसैबीच सन्दीपले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदनमा पनि आज सर्वाेच्चले सुनुवाइ गर्दै छ। दुवै निवेदनलाई सँगै राखेर सर्वाेच्चले सुनुवाइ गर्ने भएको हो।
सरकारले सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरेको छ भने सन्दीपले धरौटी रकम घटाउनुपर्ने, विदेश जना लगाइएको प्रतिबन्ध हटाउनुपर्ने तथा आफ्नो मान मर्यादामा आँच पुर्याएकाले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।
सन्दीपले क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिट पनि सँगै पेस गरेर आइतबारका लागि पेसी तोक्न भनेको हो।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply