पौडेललाई भोट माग्दै ओलीसमक्ष पठाए देउवाले पत्र

१६ फागुन, काठमाडौं । आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।
पौडेल सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व भएको उल्लेख गर्दै भोट हाल्नका लागि देउवाले ओलीलाई पत्र पठाएका हुन्।
नेकपा एमालेले राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ। आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ।
राष्ट्रपतिमा मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे आज फिर्ता लिनेसक्ने निर्वाचन आयोगले जनाएको छ।
‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको रास्ट्रीय कार्यभार कुशलतापुर्वक सम्पादन गर्दै देशको आर्थिक–सामाजिक रुपान्तरण तर्फ गतिशील ढंगले अघिबढ्नु हामी सबैको साझा दायित्व हो’, देउवाले ओलीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ, यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply