राष्ट्रपति निर्वाचन : आजबाट आचारसंहिता लागु
१७ फागुन,काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने भएको छ। आचारसंहिता आगामी चैत ५ गतेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ।
आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ।
आगामी पागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।
राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्।
क-कसलाई लाग्छ आचारसंहिता?
१) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
२) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
३) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
४) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
५) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,
६) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
७) उम्मेदवार तथा उमेदवारको प्रतिनिधि,
८) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,
९) सार्वजनिक पद धारण गरेको व्यक्ति,
१०) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
११) मतदाता
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply