गण्डकी प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रमुख गुरुङले सम्बोधन गर्ने
१७ फागुन, पोखरा । गण्डकी प्रदेशसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक नदीपुरस्थित प्रदेशसभा भवनमा दिउँसो २ बजे बस्ने छ । उक्त बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो अधिवेशन सुरू भएपछि सम्बोधन गर्ने व्यवस्था छ । राष्ट्रपतिको चुनावलाई लिएर फागुन १२ गते गठबन्धन भत्कियाे । गठबन्धन भत्किए पनि गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ सुरक्षित देखिएका छन् ।
सत्ताको कोपभाजनमा परेको प्रदेश प्रमुख पदमा उनी पाँच वर्ष नै बस्ने सम्भावना बढेर गएको छ । उनै प्रदेश प्रमुख गुरुङले एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारको सपथ गराइसकेका छन् भने संवैधानिक मर्म अनुसार बुधबार उनले गण्डकी संसदमा सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । संयोग कस्तो भने, आफ्नो बाँकी कार्यकाल पूरा हुने हो कि नहुने हो भन्ने अवस्थाबाट प्रदेश प्रमुख गुरुङ मुक्त हुँदा यहाँका मुख्यमन्त्री भने त्यही परिस्थितिमा पुगेका छन् ।
आफूलाई विश्वासको मत दिएको माओवादी केन्द्रले समर्थन फिर्ता त लिएको छैन तर समर्थन फिर्ता लिना साथ सत्ता छाड्नुपर्ने बाध्यतामा मुख्यमन्त्री अधिकारी छन् । सोही व्यवस्थाअनुसार प्रदेश प्रमुख गुरूङले आजको बैठकलाई सम्बोधन गर्ने सचिवालयले जनाएको छ । यसअघि प्रदेश प्रमुखले नीति तथा कार्यक्रम ल्याउने दिन एकैपटक सम्बोधन गर्ने गर्दथे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply