सन्दीप लामिछानेलाई आजै यूएई पठाइने
१७ फागुन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । सर्वोच्च अदालतले विदेशमा गएर खेल्न अनुमति दिएसँगै सन्दीप आज (बुधबार) दुबई जान लागेका हुन् । नेपाली क्रिकेट टोली विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक श्रृंखला खेल्न यसअघि नै यूएई पुगिसकेको छ । सन्दीप अदालतको आदेश नआएका कारण रोकिएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आजै यूएई पठाउने तयारी गरेको हो । सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले मंगलबार देखि नै तयारी सुरु गरेको थियो ।
सन्दीपलाई आज बुधबार राति नै विदेश पठाउने तयारीमा क्यान लागि परेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिएका छन् । आईसीसीसँग खेलाडी परिवर्तनका लागि पत्रचार गरिसकेकाले अनुमति आउन साथ उनलाई टोलीमा समावेश गरिने छ ।
क्यानले यसअघि नै आइसीसी विश्वकप लिग–२ का लागि अन्य खेलाडीसँगै सन्दीपको नाम दर्ता गराइसकेको थियो । क्यानले अहिले खेलाडी परिवर्तनका लागि प्रक्रिया गरिरहेको छ । कुन खेलाडीलाई नेपाल फिर्ता पठाउने भन्ने विषयमा भने अहिलेसम्म निर्णय भइसकेको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजका लागि युएई भ्रमणमा छ । नेपालले बिहिबार घरेलु टोली युएईसँग खेल्ने तालिका छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply